aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

टेलिकमको नाफा घट्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
टेलिकमको नाफा घट्याे

काठमाडौं । नेपाल टेलिकमकाे तीन महिनकाे अवधिमा सवा तीन अर्ब नाफा गरेको छ । टेलिकमले शनिबार सार्वजनिक गरेको आफ्नो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरिए अनुसार तीन अर्ब २४ करोड ६७ लाख नाफा गरेको छ ।

 

अघिल्लो वर्षको तुलनामा यो त्रैमासिकमा करिब २५ करोड नाफा कम भएको हो । अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा टेलिकमले साढे तीन अर्ब नाफा गरेको थियो ।

यो तीन महिनामा टेलिकमले कूल १० अर्ब ६० करोड आम्दानी गरेको थियो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको कूल आम्दानी १० अर्ब ८५ करोड थियो । यो अवधिमा जीएसएम सेवाबाट मात्रै ६ अर्ब ४३ करोड आम्दानी भएको टेलिकमको वित्तीय विवरणमा उल्लेख छ । योमध्ये रिचार्च कार्डको छुट बापत ३२ करोड खर्च भएको कम्पनीले जनाएको छ ।

नियमित डाटा शुल्क भन्दा छुट दिइएको डाटा प्याकेजमा उपभोक्ता आकर्षित हुँदै गएको विश्लेषण टेलिकमको छ । 

प्रतिक्रिया दिनुहोस