aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

हुण्डी कारोबारको आरोपमा भारतीय नागरिक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
हुण्डी कारोबारको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसाद छन् । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट पक्राउ गरेको हो ।

आरोपी सत्यनारायणको साथबाट नेपाली नगद ३६ लाख रुपैयाँ, विभिन्न बैंकका ३६ लाख ५ हजार बराबरको ६ वटा चेक, खाली चेकबुक ६ वटा र मोबाइल पनि बरामद भएको छ ।
 

प्रतिक्रिया दिनुहोस