काठमाडौं । करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले यसपटक पनि उत्कृष्ट १५ करदातालाई सम्मान गरेको छ।
आठौं राष्ट्रिय कर दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा अर्थमन्त्रीयुवराज खतिवडाले विभिन्न विधामा बढी कर तिर्नेहरुलाई सम्मान गरे। बहुराष्ट्रिय कम्पनी सूर्य नेपालप्रालि सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सम्मानित भएको छ। यसअघि पनि तीन पटकसम्म सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा थियो।
व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी तिर्ने करदाताका रुपमा सिद्धार्थशमशेर जबरा सम्मानित भए। सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा उनी यसअघि पाँचपटक सम्मानित भइसकेका छन्।
यस्तै डाबर नेपाल, जगदम्बा स्टिल, अन्नपूर्ण एग्रो छिमेकी लघुवित्त बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल लाइफ इन्स्योरेन्स, मणिपाल मेडिकल कलेज, वल्र्ललिंक र अग्निइन्कर्पाेरेट आ–आफ्नो विधामा बढी कर तिर्नेको सूचीमा परेर सम्मानित भए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस