aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

भाषा समस्याले रसुवागढी नाकाबाट आयात - निर्यात ठप्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ मंसिर २०७६
भाषा समस्याले रसुवागढी नाकाबाट आयात - निर्यात ठप्प

काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रको छोटो रसुवागढी नाकाबाट खाद्य सामग्री आयात-निर्यात ठप्प भएको छ । चीनले दुई वर्षअघि अन्तर्राष्ट्रिय नाकाको मान्यता दिए पनि खाद्य सामग्रीको दुवैतर्फबाट आयात-निर्यात ठप्प भएको रसुवा प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार भाषाको कारण देखाउँदै दुवै पक्षले एक अर्काका सामग्री आयात तथा निर्यातमा पूर्ण रूपमा रोक लगाएका छन्। चीनले नेपालबाट जाने खाद्य सामग्रीमा चीनियाँ भाषा अकित गरेको हुनुपर्ने जनाएपछि खाद्य सामग्रीको आयातमा बन्द भएको भण्डारीले बताए। चीनद्वारा सन् २०१७ सेप्टेम्बर १ तारिखमा अन्तर्राष्ट्रिय नाका घोषणा भएको रसुवागढीबाट नेपाल भित्रिने खाधुन्न पनि रोक लगाइएको छ।

चिनिया भाषा मात्र लेखिएका सामग्री आयातमा रोक लगाइएको प्रजिअ भण्डारीले बताए। नेपाली पक्षले चिनियाँ सामग्रीमा रोक लगाएपछि चीनले पनि नेपाली भाषा अंकित खाद्य सामग्रीमा पूर्ण रोक लगाएको हो। दुवैतर्फका भन्सारले आ-आफ्ना अडान राखेका छन्। चिनियाँ पक्षले नेपालबाट निर्यात हुने सामग्रीमा चिनियाँ भाषा पनि अंकित हुनुपर्ने बताउँदै आएको छ। यस्तै नेपाली पक्षले पनि उताबाट आउने सामग्रीमा चिनियाँ मात्रै नभइ अंग्रेजी र नेपाली भाषा उल्लेख गर्नुपर्ने माग गरेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस