काठमाडाैं । वाणिज्य बैंकहरूको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण निराशाजनक देखिएको समाचार आजको अन्नपूर्ण पाेस्ट्मा प्रकाशित छ ।
बैंकहरूले सार्वजनिक गरेको साउनदेखि असोजसम्मको अवस्था अघिल्ला वर्षभन्दा निराशाजक देखिएको हो। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल यति खराब अवस्था पछिल्ला वर्ष नदेखिएको बताउँछन्। बैंकबीच बढ्दो प्रतिस्पर्धा र राष्ट्र बैंकको कसिलो नीतिका कारण नाफा बढ्न नसकेको बैंकरको भनाइ छ।
मुलुकको अर्थतन्त्र ७ प्रतिशतको फराकिलो वृद्धि पछ्याएको तथ्यांक आइरहँदा बैंकको नाफा भने घटेको छ। हेनुहाेस् अन्नपूर्ण पाेस्ट्मा प्रकाशित याे चित्र ।

प्रतिक्रिया दिनुहोस