aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
भृकुटीमण्डपमा बोलवालाकै रजाइँ, फर्काउनै नसकिने गरी प्राकृतिक सम्पदाको विनाश

भृकुटीमण्डपमा बोलवालाकै रजाइँ, फर्काउनै नसकिने गरी प्राकृतिक सम्पदाको विनाश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ बैशाख २०७६
भृकुटीमण्डपमा बोलवालाकै रजाइँ, फर्काउनै नसकिने गरी प्राकृतिक सम्पदाको विनाश

काठमाडौंं । कुनै बेला भृकुटीमण्डप राजधानीवासीको रमाइलो मेला हेर्न जाने ठाउँ थियो । तीनधारा संस्कृत छात्रवासमा बस्दा यहाँको रमाइलो मेला घुमेको सम्झना गर्छन् प्राध्यापक देवी सुवेदी । खाना खाएर यसो घुम्न यहीं जान्थ्यौं, उनी सम्झन्छन्, टाढा घुम्न गइयोभने ककनी, पनौती, खोपासी,त्रिशूली गइन्थ्यो ।


वर्षमा दुईतीन पटक यहाँ मेला लाग्थ्यो । राजाको जन्मोत्सव, रानीको जन्मोत्सव पारेर मेला लाग्थ्यो । एक पटक सुरु भएको मेला एक डेढ महिना चल्थ्यो । बालबालिकाका लागि खेल, पसलका स्टल राखिन्थ्यो । त्यसको व्यवस्थापन गर्ने काम भृकुटीमण्डप सञ्चालक समितिले गथ्र्यो । टिकट काटेर जानुपर्थ्यो मेला हेर्न ।

१० पैसादेखि २५ पैसासम्मको टिकट काटेको याद छ,बागबजारका ५७ वर्षीय होमप्रसाद खड्गी भन्छन्, राजा महेन्द्रको पालामा सुरु भएको थियो रमाइलो मेला । घुम्न जाने यो ठाउँमा ठेलामा सामान राखिएका छन् । टहरा बनाइएका छन् । कहीं पाल राखेर पसल राखिएका छन् । हेर्दाहेर्दै कुरूप भयो यो ठाउँ, सुवेदी भन्छन्, यो प्राकृतिक सम्पदा विनाश भएको उदाहरण हो । प्राकृतिक सम्पदा फर्काउनै नसकिने गरी विनाश भए काठमाडौंमा । कान्तिपुर दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस