aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बिग गेट्स फेरि बने विश्वकै धनी व्यक्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ मंसिर २०७६
बिग गेट्स फेरि बने विश्वकै धनी व्यक्ति

एजेन्सी । माइक्रोसफ्टका सह–संस्थापक ६४ वर्षीय बिल गेट्स दुई वर्षपछि पुनः विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । सन् २०१७ को अक्टोबरमा गेट्सलाई पछि पारेका ५५ वर्षीय जेफ बेजोस शुक्रबार दोस्रो नम्बरमा खस्किएका हुन् ।

उनले जेफ बेजोसलाई पछि पार्दै विश्वकै धनी व्यक्ति बनेका हुन् । विगत दुई वर्षदेखि गेट्सलाई बेजोसले पछि पारेका थिए । गेट्सको सम्पत्ति १ सय १० अर्ब अमेरिकी डलर रहेको छ । ब्लुमबर्गले बेजोससँग हाल १ सय ९ अर्ब अमेरिकी डलर रहेको छ । 

१. बिल गेट्स, माइक्रोसफ्ट (अमेरिका) – ११० अर्ब डलर

२. जेफ बेजोस, अमेजन (अमेरिका) – १०९ अर्ब डलर

३. बर्नाड अरनाल्ट, एलवीएमएच (फ्रान्स) – १०३ अर्ब डलर

४. वारेन बफे, वर्कशायर हैथवे (अमेरिका) – ८६.६ अर्ब डलर

५. मार्क जकरवर्ग, फेसबुक (अमेरिका) – ७४.५ अर्ब डलर

स्रोत : नेटवर्थ ब्लूमबर्ग बिलेनियर इन्डेक्स

माइक्रोसफ्टको शेयरमा पछिल्लो दिन आएको बढावले गेट्सलाई फाइदा पुगेको छ । अमेरिकी रक्षा विभागले २५ अक्टोबरमा माइक्रोसफ्टलाई १० अब अर्ब डलरको क्लाउड कम्युटिङको करार दिने घोषणा गरेको थियो । त्यसपछि माइक्रोसफ्टको शेयरमा ४ प्रतिशतले वृद्धि भएको थियो । यस दौरान अमेजनमा शेयरमा २ प्रतिशतले गिरावट आएको थियो । माइक्रोसफ्टको सेयरमा यो वर्ष ४८ प्रतिशतले वृद्धि भइसकेको छ ।

जेफ बेजोसले आफ्नो पूर्व पत्नी म्याकेन्जीसँग सम्बन्धविच्छेदको घोषणा जनवरीमा गरेका थिए । अप्रिलमा भएको सेटलमेन्ट अनुसार बेजोसले आफ्नो शेयरको २५ प्रतिशत म्याकेन्जीलाई दिए । म्याकेन्जीको शेयरको अहिले मूल्य ३५ अर्ब डलर रहेको छ । यो सेयर बेजोससँग भएको भए उनको कूल सम्पत्ति १४४ अर्ब डलरको हुन्थ्यो । र, अहिले पनि विश्वको धनी व्यक्ति हुन्थे ।

यता, गेट्सले पनि सन् १९९४ देखि परोपकारको काममा दान दिँदै आएका छन् । बिल एन्ड मिरान्डा गेट्स फाउन्डेसनबाट उनले परोपकारको काममा सहयोग गर्दै आएका छन् । उनले हालसम्म दान दिएको रकम जोड्ने हो भने गेट्सको सम्पत्ति १४५ अर्ब डलर हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस