
भारतका सरकारी बैंकको ९ हजार करोड भारु ठगीको आरोप लागेका मदिरा व्यवसायका बादशाह मानिने विजय माल्याले आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउन भएका छन् । बेलायतको एक अदालतको सुनुवाइमा माल्याले आफ्नो ऐसो आरामको जीवनलाई परिवर्तन गर्ने भएका हुन । उनले भारतका सरकारी बैंकलाई विस्वास दिलाउनका लागि आफ्नो खर्चिलो जीवन शैली परिवर्तन गर्ने र रकम बचत गरेर बैंकको ऋण तिर्ने आस्वासन दिएका छन् ।
माल्याले सरकारी बैंकका करिब १.१४५ अर्ब पाउण्ड ऋण तिर्न बाँकी रहेको छ । भारतीय सरकारी बैंकहरुले यसबाट केहि रकम उठाउनका लागि बेलायत सरकारसँग सहयोग मागिरहेको बेलामा माल्याको यस्तो जानकारी दिएका छन् । भारतले फरारको सूचीमा राखेको मदिरा व्यापारी विजय माल्याले अझै पनि २६ लाख ५९ हजार ६३९ भारु हप्तामा खर्च गर्न पाउन अनुमति दिइएको छ ।
यो रकमलाई घटाएर १६ लाख ५२ हजार १३१ भारु बनाउन बेलायतको अदालतलाई बताएका छन् । अहिले भारतीय स्टेट बैंकको नेतृत्वमा १२ रहेको समूहले भने माल्यालाई उक्त रकम खर्च गर्ने अनुमति दिन सहमत भएका छैनन् । लन्डल स्थिति भारतीय बैक आइसीआइसी आइमामा २६ लाख ५९ हजार ६३९ पाउण्ड चलाउन पाउनु पर्ने माल्याले मागेका छन् ।
बैंकका साथै माल्याको तर्फबाट वाकालत गरिरहेका डीडब्ल्यूएफ ल एलएलपीले भने किंगफिशर एयरलाइंसका पूर्व प्रमुख अदालत निर्देशित खर्चमा जुनसुकै फैसला भए पनि मान्न तयार रहेको बताउदै आएका छन् । ।
प्रतिक्रिया दिनुहोस