
काठमाडौं । चन्द्रागिरि केबलकारले छोटो समयमा नै चर्चाको शिखर चुम्न थालेको र आर्थिक लाभको पाटो पनि बनेकोले अब यसले सातै प्रदेशमा केबलकार बनाउने भएको छ । आईएमई ग्रूप अन्तर्गत निर्माण भएको यो केवलकार अहिले पर्यटकीय आकर्षणको केन्द्रसँगै आर्थिक लाभको गन्तव्य पनि बनेको छ ।
सम्पूर्ण पर्यटकीय प्याकेजसहितको गन्तव्य बनेको र यसमा देखिएको सम्भावनालाई दृष्टिगत गर्दै ग्रूपले अब सातै प्रदेशमा होटल तथा रेस्टुरेन्टसहितको केबलकार बनाउने भएको छ । केबलकार बनाउन केही स्थान छनोट गरेर आवश्यक गृहकार्यसमेत गरिसकेको ग्रूपका अध्यक्ष चन्द्र ढकालको भनाइ छ ।
ढकालका अनुसार दुईवटा केलबकार योजना लगानी सम्मेलनमार्फत लगानी जुटाउने सोकेसमा पनि राखिएको छ । यसमा आउने लगानीपछि ग्रूपको थप योजना अगाडि आउने पनि उल्लेख छ । ग्र्रूपले अगाडि सारेको कास्कीको सिकलेस अन्नपूर्ण केवलकार पछिल्लो समयका आकर्षक योजना हो । यो योजनाको काम गन्डकी प्रदेशमा हुने छ ।
३ करोड १० लाख डलर (करिब ३ अर्ब ४१ करोड रुपैयाँ)को यो आयोजना सोकेसमा राखिएको छ । यसमा आएको लगानी प्रस्तावको बारेमा भने लगानी बोर्डले जानकारी दिएको छ । बोर्डले जेठ ७ गतेसम्मको लागि विदेशी लगानीकर्तालाई आवेदन दिने समय थप गरेकोले त्यसपछि मात्रै कुन योजनामा कति लगानी आयोग भनेर भन्न सकिने बताएको छ ।
कैलालीको जलपादेवी केवलकार पनि लगानी सम्मेलमार्फत नै लगानी जुटाउन सोकेसमा राखिएको छ । कैलालीको टिकापुमा बन्ने यो आयोजना सुदुरपश्चिम प्रदेशमा पर्छ । यो केबलकार आयोजना पनि आकर्षक लगानीकै योजनाभित्र पर्छ यो आयोजनापछि बाँकी प्रदेशमा निर्माण गर्ने केबलकारको पनि स्थान छनोट गर्ने काम भइरहेको उल्लेख छ ।
आईएमई ग्रूपले चितवनको गंैडाकोटमा मौलाकालिका मन्दिरसम्म केवलकार उपयुक्त हुने ठहर गरेको छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । बुटवल, वसन्तपुर, प्यूठान, कैलाली, पोखरोको सिकलेसतर्फ पनि गू्रपले नै योजना अगाडि सारिरहेको छ ।
गू्रपले चन्द्रागिरि स्तरको पर्यटन पूर्वाधार हरेक प्रदेशमा हुनुपर्छ भनेर आवश्यक अध्ययन थालेको बताएको छ । ग्रूपका अनुसार तयारी पनि हरेक प्रदेशमा एउटा एउटा यस्तै पर्यटकीय गतिविधिको स्थान बनाउने गरी नै भइरहेको उल्लेख छ ।
वन, वातावरण, भौतिक पूर्वाधार, स्थानीय तहसहितको धेरै निकायबाट आवश्यक प्रक्रिया पुर्याउनु पर्ने भएकोले सबै क्षेत्रमा औपचारिक प्रक्रिया पुर्याएरै अगाडि बढ्ने जानकारी पनि ग्रूपले दिएको छ । यसले गर्दा यति नै समयभित्र हुन्छ भन्ने चाहिँ छैन् ।
तर, हामीले केही स्थानमा जग्गा किन्ने, सरकारी जग्गाको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)गर्नेसहतिको प्रक्रिया अगाडि बढाइरहेका जानकारी ग्रूपले दिएको छ ।
प्रतिक्रिया दिनुहोस