aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

रोकिएन आलमको दादागिरी, जेलबाट समेत धम्की

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ मंसिर २०७६
रोकिएन आलमको दादागिरी, जेलबाट समेत धम्की

काठमाडाैं । कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् । आफुलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन्।

गिरीले आइतबार दिउँसो नख्खु कारागार पुगेर आलमसँग भेट गरेका थिए। भेटपछि आलमले कारागार स्थानान्तरणका लागि हिन्दीमा लेखेको मागपत्र कारागार प्रशासनलाई बुझाएका छन् । उक्त मागपत्र कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पठाएको छ। स्थानान्तरणका लागि आलमको माग आफ्ना समर्थक भड्काएर मुद्दा प्रभावित बनाउने खेलअनुसार आएको हुन सक्ने सुरक्षा निकायको विश्लेषण छ । 

मागपत्रमा आलमले रौतहटका प्रहरीप्रति टिप्पणी गर्दै उनीहरुको राम्रो नहुने चेतावनी दिएका छन् । ‘वो एसपी ९भुपेन्द्र खत्री, रौतहट० ने मेरे साथ गलत किया, उसका भी बुरा होला,’ आलमले लेखेका छन् । प्रहरीले आलमलाई भेट्न आउनेमाथि विशेष निगरानी राखेको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस