aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कालापानी भारतको हो, भारतमै रहन्छ, सेना हटाउँदैनौँः उत्तराखण्डका मुख्यमन्त्री रावत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ मंसिर २०७६
कालापानी भारतको हो, भारतमै रहन्छ, सेना हटाउँदैनौँः उत्तराखण्डका मुख्यमन्त्री रावत

एजेन्सी । प्रधानमन्त्री के पी शर्मा ओलीले केही दिन अगाडि भारतीय सेनालाई लामो समयदेखि अतिक्रमण गरेको नेपालकाे भुमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रबाट  हट्न दिएको अभिव्यक्तिलाई लिएर भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले प्रतिक्रिया दिएका छन् । 

उनले नेपालकाे कालापानी भारतीय भूमि भएको बताएका छन् । उनले भनेका छन्,‘कालापानी भारतको हो र भारतमा नै रहन्छ ।’ सिंहले भनेका छन्,‘कालापानी भारतको भूभाग हो र यो भारतकै भूभागकारुपमा रहिरहनेछ।’ मुख्यमन्त्री राउतले अमर उजालासँग कुरा गर्दै कालापानी क्षेत्र भारतको हिस्सा भएको दाबी गरेका हुन् ।  

पछिल्लो समय कालापानी, लिम्पियाधुरा र लिपुलेकका कारण भारत र नेपालको सम्बन्ध चिसिएको छ । भारतीय पक्षले गरेको एकपक्षिय निर्णय आफुहरुलाई अमान्य रहेको नेपाल सरकारले बताउँदै आइरहेको छ । 

उनले कालापानीबाट सेना हटाउने कुरै नहुने समेत बताएका छन् ।  उनले कालापानीलाई लिएर नेपालका प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको कुनै अर्थ नरहेको समेत बताएका छन् । 

नेपालमा भने भारतले गरेको अतिक्रमणको विरोध हुँदै आइरहेको छ । नेपालले कुटनीतिक तवरले समस्या हल गर्न चाहेको बताइरहँदा उनको यो अभिव्यक्तिले कुटनीतिक सम्बन्धमा थप समस्या उत्पन्न हुन सक्ने बताइएको छ । 

कालापानी को लेकर ओली के बयान पर सीएम त्रिवेंद्र का दो टूक, 'भारत का हिस्सा है, भारत में ही रहेगा'

नेपाल के प्रधानमंत्री ओली का एलान, काला पानी इलाके से हटाए जाएंगे भारतीय सैनिक

प्रतिक्रिया दिनुहोस