
महेन्द्रनगर । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका सम्बन्धमा अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै पत्रकार खेम भण्डारी १ घण्टाका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरले भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतको अवहेलनासम्बन्धी मुद्दामा कञ्चनपुर जिल्ला अदालतले भण्डारीलाई १ घण्टाका लागि कारागार चलान गरेको हो ।
भण्डारी मंगलबार अदालतमा उपस्थित भएकोमा अदालतले उनलाई १ रुपैयाँ जरिवाना भराएर १ घण्टाका लागि थुनामा पठाएको हो ।
भण्डारीलाई जिल्ला कारागार कार्यालय कञ्चनपुर चलान गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरी कृष्ण अवस्थीले बताए ।
बारले दायर गरेको मुद्दामाथि सुनुवाई गर्दै जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्र कुमार आचार्यको इजलाशले कैदको सजाय सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस