aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पूर्वाधार समयमै नबन्दा मुलुकलाई घाटा : उपराष्ट्रपति पुन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ मंसिर २०७६
पूर्वाधार समयमै नबन्दा मुलुकलाई घाटा : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले भौतिक पूर्वाधारका आयोजना समयमै सम्पन्न नहुँदा मुलुकले ठूलो घाटा बेहोर्नुपरेको बताएका छन् । इन्जिनीयर तथा आर्किटेक्चर संस्थाहरूको संगठन सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनीयरिङ फम्र्स (स्क्याफ)ले आयोजना गरेको ‘रिजिलियन्ट इन्फ्रास्ट्रक्चर फर बेटर टुमरो’ नामक अन्तरराष्ट्रिय सम्मेलनको सोमवार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मुलुक बनाउन सरकार, इन्जिनियर र निर्माण व्यवसायी जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । 

निर्माण सम्पन्न भएको केही दिनमै संरचना किन भत्किने गरेको उपराष्ट्रपति पुनले औंल्याए । ‘कसलाई खुशी पार्न निर्माणमा सम्झौता गरिएको हो ?’ उनले भने, ‘यसरी मुलुकको विकास हुँदैन । भोलिको पुस्तालाई विकास दिने हो भने अब सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’

उपराष्ट्रपति पुनले भूकम्पपछिको पुनर्निर्माणले लक्षित गति लिन नसकेकोप्रति चिन्ता समेत व्यक्त गरे । जनता अझै अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै उनले मुलुकको पहिचान बोकेका सम्पदा पुनर्निर्माणमा विदेशी सहयोगको औचित्यबारे प्रश्न उठाएका छन् । यो समाचार आजको अर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस