aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अनिल अम्बानी फेरि आर्थिक संकटमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ बैशाख २०७६
अनिल अम्बानी फेरि आर्थिक संकटमा

एजेन्सी । अनिल अम्बानीको रिलायन्स समूह अन्तरगतको वित्तीय  सेवा कारोबारोमा  संकट देखापरेको छ । अन्तराष्ट्रिय रेगिङ एजेन्सीहरुले अम्बानीको रिलायन्सको रेटिङ घटेको देखाएका छन् । 

अम्बानी समूहको ऋण तिर्ने क्षमतामा प्रश्न गर्दै रेटिङ एजेन्सीले बैंकको कालोसूचीमा पर्न सक्ने संकेत गरेका छन् । क्ष्रेटिङ एजेन्सी केयर र इक्राले रिलायंस कमर्श‍ियल फाइनेंस र रिलायंस होम फाइनेंसको रेटिंग घटाएको छ । इक्राले यसभन्दा पहिला पनि  रिलायंस क्यापिटलको कमर्शियल पेपरलाई पनि डाउनग्रेड गरेको थियो । रिलायंस क्यापिटल आरसीएफ र आरएचएफलाई लिएर  स्ट्रेटेजिक इनवेस्टर लाने योजना बनाएको थियो । 

 अनिल अम्बानी ऋणको संकटमा फँसेका थिए, रिलायंस कम्युनिकेशन स्वीडनको दूरसंचार उपकरण  बनाउने कम्पनी  एरिक्सनको ५५० करोड़ भारु तिर्न बाँकी रहेको थियो ।  अनिल अम्बानीले आफ्ना दाजु मुकेश अम्बानीबाट लिएर उक्त ऋण तिरेका थिए । 

प्रतिक्रिया दिनुहोस