
बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिकाको पौवागडीलाई केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरको भुकम्प गएकाे छ । मङ्गलबार राति ७ बजेर १६ मिनेटमा गएकाे उक्त भूकम्पले २ वटा घर चर्किएका छन् ।
भूकम्पले खप्तड छान्ना गाउँपालिका अन्र्तगत पौवागडीमा भोजराज जोशी र सोही ठाउँका तुलाराम थापाको घर चर्किएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताएका हुन् ।
यता, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले गाउँपालिकामा एउटा पूरानो गोठ भत्केको खबर आएको जानकारी दिए । उनले पनि हालसम्म कुनै अप्रिय घटनाको सूचना नआएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस