aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

निजी सवारी भाडामा प्रयोग गर्नेलाई कारबाही गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ मंसिर २०७६
निजी सवारी भाडामा प्रयोग गर्नेलाई कारबाही गर्दै

काठमाडौं । यातायात व्यवस्था विभागले निजी प्रयोजनमा दर्ता भएका सवारीसाधन सार्वजनिक यातायातका रुपमा प्रयोग गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ।

विभागले मंगलबार एक सूचना जारी गर्दै कानूनविपरीत भएका यस्ता कार्य नगर्न/नगराउन सबैलाई आग्रहसमेत गरेको छ। विभागको उक्त सूचना मोटरसाइकल भाडामा लगाउने टुटल तथा पठाओतर्फ लक्षित देखिएकाे छ ।

रातो नम्बर प्लेट अर्थात् निजी सवारीलाई ट्याक्सीको रुपमा प्रयोग गरेको गुनासो आएकाले विभागले उक्त सूचना जारी गरेको जनाएको छ।

विभागले भनेको छ, 'सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफ ८ (२)मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन र दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन भन्ने कानुनी व्यवस्था रहेको छ।'

प्रतिक्रिया दिनुहोस