aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

“लखपति एक्स्प्रेस २०७६- "न यति न उति सिधै लखपति” पहिलो १ लाख विजेता घोषित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ मंसिर २०७६
“लखपति एक्स्प्रेस २०७६- "न यति न उति सिधै लखपति” पहिलो १ लाख विजेता घोषित

काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६-न यति न उति सिधै लखपति” उपहार योजनाको पहिलो महिनाको विजेता सार्वजनिक गरेको छ । 

हालै गरिएको उपहार घोषणा अन्तर्गत जापानबाट पैसा पठाई पहिलो (असोज) महिनाको रु १ लाख मासिक लक्कीड्र«मा परी बाग्लुङ्ग निवासी हाल जापानमा कार्यरत गोबिन्द बहादुर थापा विजेता घोषित भएकोे छ । 

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोह बिच गोबिन्द बहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरेको छ । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । 
 
उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १० जनाले जित्न सक्ने्छन् । 

त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले रु १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले  रु १ लाख जित्न सक्ने्, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप रु १ लाख जित्न सक्ने घोषणा भएको थियो।

यो अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुने जनाएको छ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । 

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ६३० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले रु १०,००० जितिसकेका छन् । 
 

प्रतिक्रिया दिनुहोस