
भक्तपुर । सेकुवाको बजारमा नेपलीहरुलाई मौलिक नेपाली स्वाद पस्कदै आएको बाजेको सेकुवाु भक्तपुरको गट्ठाघरमा खुलेको छ । बाजेको सेकुवाको भक्तपुरमा यो पहिलो शाखा हो।
बाजेको सेकुवा ब्राण्डमा रेस्टुरेण्ट सञ्चालन गर्न लगानीकर्ताको पहिचान र चयान चयन गर्ने काम बाजेको भेन्चर प्रा.लि.ले गर्दै आएको छ । यो कम्पनीले कुनै पनि सहरमा रेस्टुरेण्ट सञ्चालनमा ल्याउनु अघि स्थानीय बजारमा उपभोक्ताको सर्च गर्ने प्रति स्थानीय रेस्टुरेण्ट सञ्चालनको सम्भाव्यता अध्ययन गरेर सम्भावना रहेको ठाउँमा मात्र बजार विस्तारलाई प्राथमिकतामा पार्ने गरेको छ ।
कम्पनीले फ्रान्चाइज मोडलमा रेस्टुरेन्ट सञ्जाल विस्तारलाई अगाडी बडाइरहेको छ। नेपालगन्ज, वीरगन्ज, धनगढी, हेटौडा र नेपाल बाहिर अमेरिकामा थप केही, अस्ट्रेलिया, जापान र बेलायतमा आगामी केही वर्ष भित्र रेस्टुरेन्ट सजाल विस्तार गरिसक्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ।
विगत ३ महिनाको अन्तरालमा बाजेको सेकुवाको नयाँ फ्राञ्चाइजहरु ललितपुरको कुमारीपाटी र अमेरिकाको डालासमा सञ्चालनमा आए लगत्तै भक्तपुरको गठ्ठाघरमा पनि सञ्चालनमा आएको छ।
उपत्यका बाहिर पोखरा, चितवन र बुटवलमा फ्रान्चाइज मांडलमा रेस्टुरेन्ट सञ्चालन भइरहेको छ भने अमेरिकाको न्यूयोर्कमा पनि बाजेको सेकुवा ुद हिमालयन गिनु का रुपमा फाञ्चाइज सञ्चालनमा छ।
दक्ष यवाहरुलाई उद्यमी बन्न पुरीत गर्दै देशभित्रै रोजमारी सिर्जना गर्ने उदेश्य राखेको कमपनीले गट्ठाघरस्थित बाजेको सेकुवाको फ्रान्चाइज अमित दाहाल, पशाल गीरी, मविन थापा लगायतलाई दिएको हो । उक्त फ्रान्चाइजमा प्रत्यक्ष रूपमा २५ जनाले रोजगारी पाएका छन ।
काठमाडौं उपत्यकाको सिनामङ्गलबाट चार दशक अघि सुरु भएको याजको सेकवा रेस्टरेण्ट अन्तर्गत अहिले उत्यकाबाहिर ओटा उपत्यका भित्र ९ ओटा र अमेरिकामा २ ओटा गरी हाल १४ ओटा आउटलेटहरु सञ्चालनमा छन् । ती मध्ये अनामनगर, सोह्रखुट्टे, गैरीधारा र यत्तीसपतलीमा सबै लगानी
कम्पनीका प्रबर्टकको छ भने बाँकी सबै फ्रान्चाइज हुन।
प्रतिक्रिया दिनुहोस