aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नहट्ने सूचीका मन्त्री कर्मचारी थर्काउँदै, उपसभामुखले प्रधानमन्त्रीलाई टेरिनन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ मंसिर २०७६
नहट्ने सूचीका मन्त्री कर्मचारी थर्काउँदै, उपसभामुखले प्रधानमन्त्रीलाई टेरिनन्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केहीबेरमा आफ्नो मन्त्रिपरिषद पुनर्गठन गर्दैछन् ।  अहिले बालुवाटारमा बसिरहेको सचिवालयले नयाँ र बदलिने मन्त्रीहरुको नाम टुंगोमा पुर्याएपछि आजै साझ नयाँ मन्त्रीहरुलाई सपत खुवाउने चर्चा छ । 

कुन मन्त्रीले बिदा पाउँदैछन् र को नयाँ मन्त्रीको रुपमा आउंदैछ भन्ने कुरा आधिकारिक रुपमा नआइसकेको हुनाले अहिले सार्वजनिक सबै कुरा अनुमान मात्र हो । तरपनि हिजै प्रधानमन्त्रीले औपचारिक रुपमा नै 'म भोलि केहि मन्त्रि फेर्दैछु त्यसैले कुनै कार्यक्रममा नजानुहोला भनेर जानकारी दिंदा समेत केहि मन्त्रीहरु चाहिं आफ्नो नियमित तालिकामा रहेको काममा व्यस्त पाइएको छ । अन्य दोधारमा रहेका मन्त्रीहरु भने मन्त्रालय नै गएका छैनन् ।

त्यस्ता मन्त्रि मध्ये एक हुन्, पर्यटनमन्त्री योगेश भट्टराई ।  उनि बुधबार आफ्नो मन्त्रालय मातहतका कार्यालयहरुका प्रमुखलाई कडा निर्देशन दिइरहेका थिए, 'सन्तोषजनक काम नभएका कार्यालयका प्रमुख र राजनीतिक नियुक्ति लिएका साथीहरु हटाउन सक्छु, कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला ।’ यहि ११ र १२ गतेको बैठकमा आफ्नो ठोस कार्ययोजना पेश गर्न उनि आदेश दिंदै थिए । यसको अर्थ हो, आज प्रधानमन्त्रीले छुट्टी गर्ने मन्त्रीमा उनि नपर्ने पक्का छ । 

त्यसो त, प्रचण्डको चाहना र माग समेत सम्बोधन गर्न सजिलो होस भनेर ओलीले आज बिहानै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका थिए। तर उनले सभामुख समेत नभएको हुँदा अहिले त्यसो नगर्ने जवाफ दिएको स्रोतले बताएको छ । 

तुम्बाहाम्फेलाई मन्त्री बनाउने आश्वासन दिएपनि उनले त्यसलाई स्वीकार नगरेको बताइन्छ । यसरी भागबण्डाको सकस बीच प्रचण्डलाई समेत लिएर राष्ट्रपति भेट्न गएका ओलीले उपसभामुखको सम्बन्धमा आफुले गरेको प्रयासबारे समेत कुरा गरेको स्रोतले बतायो । तर, राष्ट्रपतिको समेत सकारात्मक सद्भाव रहेको कारण तुम्बाहाम्फेले प्रधानमन्त्रीको अनुरोध अस्विकार गरेको चर्चा छ । 

प्रतिक्रिया दिनुहोस