
काठमाडाैं । बेला बेला प्रधानमन्त्री फेरिने चर्चा चलेपनि बाँकी कार्यकाल केपी सर्मा अाेलीनै प्रधानमन्त्री रहने भएकाे छ । यस अघि अालाे पालाे प्रधानन्मन्त्री चलाउने भनिए पनि पार्टी अध्यक्षकाे जिम्मेवारीअर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेर्ने गरि सचिवालय बैठकले टुङ्ग्याएकाे हाे । याे सँगै आलोपालोमा प्रधानमन्त्री हुने भनिएको यसअघिको सहमति टुंगिएको छ ।
मंगलबार बसेको सचिवालय बैठकले अब प्रचण्डलाई पार्टीको काममा केन्द्रित हुने गरी जिम्मा दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘केपी शर्मा ओली र प्रचण्ड वरियता क्रम यथावत छ। प्रधानमन्त्रीको हैसियतमा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा लाग्ने निर्णय भएको छ,’ श्रेष्ठले भने ‘आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने, प्रतिनिधि सभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय भयो।’
उनले पार्टी सरकार र सरकार सञ्चालनमा अध्यक्षद्वयले समन्वय गर्ने बताए । मन्त्रिमण्डल पुनर्गठनका लागि भन्दै बसेको नेकपा सचिवालय बैठकले यसबारेमा कुनै निर्णय लिन सकेन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार दिउँसो बसेको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेरको विषयलाई अनुमोदन गर्ने भनिएपनि कुनै निर्ण भने नभएको हो ।
नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डल हेरफेरका बारेमा बैठकमा कुनै छलफल नभएको बताए । ‘मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार भएका कारण आजको बैठकमा यसबारेमा कुनै छलफल भएन’ प्रवक्ता श्रेष्ठले भने ।
प्रतिक्रिया दिनुहोस