aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मुकेश अम्बानीको कम्पनीले बनायो नयाँ रेकर्ड, बने विश्व कै १२ औं धनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ मंसिर २०७६
मुकेश अम्बानीको कम्पनीले बनायो नयाँ रेकर्ड, बने विश्व कै १२ औं धनी

एजेन्सी । भारतीय अर्वपति मुकेश अम्बानीको कम्पनी  रिलायन्स इडस्ट्रीज लिमिटेडले हरेक दिन जसो नयाँ रेकर्ड बनाउंदै छ । मंगलबार ९.५० लाख करोड भारतीय रुपयांको मार्केट क्यापिटल अर्थात् बजार पूंजीकरणको आंकडा पार गरेको छ । यसै सफलताको कारण अब रिलायन्स कम्पनी संसारकै छैटौं ठुलो तेल उत्पादक कम्पनी बनेका छ ।

अम्बानीको यो कम्पनीले ब्रिटेनको बीपी पीएलसीलाई पछि पार्दै यो उपलब्धि हासिल गरेको हो । बीपी पीएलसीको मार्केट क्याप १३२०० करोड डलर अर्थात् ९.४५ लाख करोड भारतीय रुपयाँ मात्र छ । स्मरण रहोस, यसैबर्ष रिलायन्स इडस्ट्रीज लिमिटेडले ब्रिटेनको बीपी पीएलसीसंग सम्झौता गरेको थियो ।  रिलायन्स इडस्‍ट्रीज भन्दा ठुला तेल कम्पनीहरुमा अझै  चीनको पेट्रोचाइना, सउदीको अरामको र एक्सन मोबिल कर्पोरेशन जस्ता ठुला कम्पनीहरु छन् । 

यसरी नयाँ रेकर्ड राख्न सप्‍ताहको तेस्रो दिनको कारोबारको शुरुवाती समयमा रिलायन्स इडस्ट्रीजको शेयर ४.१० प्रतिशतले बढेको थियो । यसरी बढ्दा १,५७१.८५  भारु प्रति शेयर मूल्य पुगेको हो । यो रिलायन्स कम्पनीको अहिले सम्म कै सर्वाधिक धेरै मुल्य हो ।

यो नयाँ रेकर्डका साथै अम्बानी एसिया कै सर्वाधिक धनि व्यक्ति बनेका छन् । ब्‍लूमबर्ग बिलेनियर इंडेक्‍सका अनुसार  मुकेश अम्बानीको कुल नेटवर्थ ५८ बिलियन डलर छ ।अब मुकेश अम्बानी विश्वका १२ औं स्‍थानमा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस