aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मन्त्रीमण्डलमा व्यापक हेरफेर ( सूची सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ मंसिर २०७६
मन्त्रीमण्डलमा व्यापक हेरफेर  ( सूची सहित)

काठमाडौं । मन्त्रिपरिषदमा हेरफेर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पार्टीको सचिवालय बैंठकमा छलफल सकिसकेपछि साँझ मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेका छन् । उनले हाल मन्त्रीपरिषदमा रहेका केहि व्यक्तिलाई यथावत राख्दै केहि नयाँ अनुहार पनि थपेका छन् ।  केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरेका छन । उनका अनुसार मन्त्रीपरिषद पुनर्गठनको लागि नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयले बुधबार राति नै सार्वजनिक गरेको छ ।

थापाका अनुसार बिहीबार विहान सपथग्रहण राखिएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको सुची अनुसार अनुहारमा बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी,मोतिलाल दुगड र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने भएका छन् ।

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा, अर्थमन्त्री डा. युवराज खतिवडा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।

वर्तमान मन्त्रीपरिषदबाट हटाइनेहरुमा भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषीमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृष्णराज्यमन्त्री रामकुमारी चौधरी रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस