aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मन्त्रीबाट हटाइए लगत्तै गोकर्ण विष्टले फेसबुकमा यस्तो लेखे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
मन्त्रीबाट हटाइए लगत्तै गोकर्ण विष्टले फेसबुकमा यस्तो लेखे

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा हुँदा आम जनतामा राम्रो छाप छोड्न सफल भएका गोकर्ण विष्ट मन्त्री पदबाट हटाइएपछि आफूले मन्त्री हुँदा ज्यामी माहुरीले झैं काम गरेको  बताएका छन् ।

मन्त्री पद खोसिए लगत्तै फेसबुकमा  स्टाट्स लेग्दै वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र बेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको उल्लेख गरेका छन् । 
उनले ‘अहिले मन्त्रीबाट बाहिरिएको छु, थप उmर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस