aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बाबुराम भट्टराई धर्ना बसे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
बाबुराम भट्टराई धर्ना बसे

काठमाडाैं । पटक-पटक आग्रह गर्दा पनि गोरखातर्फ आरूघाट र आर्खेत तथा धादिङ खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभावितहरू सँगै  बाबुराम भट्टराई धर्नामा बसेका छन्।

बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई धर्नामा बसेका छन्।

बूढीगण्डकी प्रभावित, जनप्रतिनिधिलगायत बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिन पुगेका थिए।

गोरखा -२ बाट सांसदसमेत रहेका भट्टराई धर्ना प्रभावितहरूसँगै धर्नामा बसेका हुन्। धर्नामा राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सांसदहरू प्रकाशचन्द्र दवाडी र धनमाया लामा पनि उपस्थित छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिने कार्यक्रम छ। मंसिर १० गतेसम्म मुआब्जा निर्धारण नगरे बूढीगण्डकी प्रभावितले थप आन्दोलन घोषणा गर्ने जनाएका छन्।

१२ सय मेगावाट क्षमताको बनाइने बूढीगण्डकी आयोजनाका लागि पेट्रोलमा पाँच रुपैयाँ कर उठाइए पनि अझै निर्माण कार्य सुरू भएको छैन।

मंसिर ५ र ६ गते गोरखा र धादिङ जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, मंसिर ९ गते बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय घेर्नेलगायत कार्यक्रम घोषणा गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस