
काठमाडौं । लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि. (पहिले गोल्ड फिश इन्टरनेशनल प्रा.लि.) ले एकै छत मुनि सर्भिस सेन्टर र ग्लोवल सिरीजको ट्रक र टिपरको नयाँ विश्वव्यापी श्रृंखला बजारमा ल्याएको छ ।
कम्पनीले GFI Services को नाममा बिहीबार नैकाप गुर्जुधारा काठमाण्डौँ स्थित SML ISUZU Flagship 3S Service Center संचालनमा ल्याएको हाे ।
लक्ष्मी कमरसियल भेहिकल प्रा.लि. लक्ष्मी गु्रपको सहायक कम्पनी हो र अब नेपालको लागि SML ISUZU सवारी साधनहरुको अधिकृत वितरक हो । कम्पनीले नेपालभर ग्राहकहरुलाई उत्कृष्ट विक्री तथा सेवा प्रदान गर्दै आएको एक वर्ष भएको छ ।
उक्त सेवा केन्द्र एक लाख वर्गफिट क्षेत्रमा फैलिएको छ । उक्त सेवा केन्द्रमा विक्री सेवा, स्पेयर पार्ट्स, पि.डि.आइ. केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरु समावेश राखिएको छ ।
यस सेन्टरमा गाडी मर्मतका लागि पछिल्लो आधुनिक उपकरणहरु पर्याप्त मात्रामा योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरुको टोलिले बनाएका हुन् । यस प्रकारको सेवाको साथसाथै कम्पनीेले प्रतिदिन १८ वटा भन्दा बढी सवारी साधनहरुको सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि . ले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिक÷निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्राइसकेको छ ।
प्रतिक्रिया दिनुहोस