aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

काठमाडौंमा मूल्यवृद्धि सबैभन्दा उच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
काठमाडौंमा मूल्यवृद्धि सबैभन्दा उच्च


काठमाडौं । उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेको  नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको जारी गरेका आर्थिक तथा वित्तीय स्थितिमा मुद्रास्फीति  अघिल्लो वर्षको तुलनमा बढेको हो । 

गत आवको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.६८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.०४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५५ प्रतिशत रहेको छ ।
. समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । 
त्यसैगरी गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्षको असोजमा यी क्षेत्रहरुमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत र ४.२४ प्रतिशत मुद्रास्फीति रहेको थियो । . समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेकोमा भारतमा यस्तो (अक्टोबर महिनाको) मुद्रास्फीति ४.६२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.६८ प्रतिशत र ३.३८ प्रतिशत रहेको थियो ।
असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.१७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य पदार्थ, यातायात उपकरण तथा पार्ट्स र टेक्सटाइल उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ । बृहत् आर्थिक वर्गीकरणको आधारमा समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ११.९५ प्रतिशत, १.६१ प्रतिशत र २.४६ प्रतिशत रहेको छ । निर्माण सामाग्रीको थोक मूल्य भने २.४१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस