aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

‘नेपालको विद्युत् दक्षिण एसियाली समृद्धिको आधार’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ मंसिर २०७६
‘नेपालको विद्युत् दक्षिण एसियाली समृद्धिको आधार’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले दक्षिण एसियाली क्षेत्रको समृद्धि र विकासको आधारका रूपमा नेपालको जलविद्युत् बन्ने बताएका छन् । बिहीबार राजधानीमा सुरु भएको दुई दिने ऊर्जा सम्मेलनमा बोल्दै मन्त्री पुनले नेपालको जलविद्युत्को सम्भाव्यताको उपयोग क्षेत्रीय ब्याट्री हाउसको रूपमा विकसित गरिने बताएका हुन् ।

दक्षिण एसियामा विद्युत् उत्पादन तथा खपत प्रवृत्ति विविध स्वरूपको रहेको र त्यसमा सामन्जस्यता र सन्तुलत ल्याउन नेपालको विद्युत् क्षेत्रीय बजारमा अत्यावश्यक रहेको पनि बताए । “स्वदेशमा खपत वृद्धि र विदेश निर्यात गर्न यो क्षेत्रमा ठूलो विदेशी लगानी आवश्यक छ,” उनले भने– “लगानीका लागि उपयुक्त वातावरण र यसकोे सुरक्षामा सरकार प्रतिबद्ध छ । आर्थिक विकासका लागि ऊर्जा विकासको अपरिहार्यता अझै बढ्दै गएको छ ।”

आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले नेपालको विद्युत् क्षेत्रीय बजारमा पुर्याउन सम्मेलनले सघाउ पुर्याउने बताए । यस्तै, इपानका उपाध्यक्ष कुमार पाण्डेले विद्युत् विकास तथा बजार विस्तार गर्न त्रिपक्षीय समझदारी आवश्यक रहेको भन्दै निजी क्षेत्रले पनि विद्युत् बजार खोज्ने प्रयास सरकारको सहयोग आवश्यक रहे उल्लेख गरे। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस