aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मन्त्रीको पदबहाली लगत्तैः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ मंसिर २०७६
मन्त्रीको पदबहाली लगत्तैः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदबहालीकै दिन सुत्केरी हुन नसकी ज्यान जोखिममा परेका दुई गर्भवती महिलाको उद्दार गराएका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवाशमा पद तथा गोपनीयताको शपथपछि सिंहदरवारस्थित मन्त्रालयमा पुगेर पदबहाली गरेलगत्तै डोल्पा र सल्यानमा दुई महिलाको ज्यान जोखिममा परेको सूचना आएपछि मन्त्री गुरुङको निर्देशनमा तत्कालै हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । मन्त्री गुरुङको क्वीक एक्शनपछि डोल्पाको से फोक्सुन्डोकी ३० बर्षीया गर्भवती ठिमी रोका र सल्यानको शारदा नगरपालिका निवासी २८ बर्षीया सुगन्धा पुनको उद्दार गरिएको हो ।

दुवै गर्भवती महिला सुत्केरी हुन नसकी अचेत बनेकी थिइन । सुत्केरी हुन नसकी गर्भवती महिला अचेत बनेको सूचना मन्त्रालयमा आएलगत्तै क्वीक एक्शन गरी हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुर्गम भेगमा रहेका गर्भवती महिलाहरु उपचारको अभावमा ज्यान जाने घटना रोक्न राष्ट्रपति महिला उद्दार कार्यक्रम लागू गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यो कामको नेतृत्व गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस