aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेपालको सीमा नमिचिएको, भारतको सार्वभौम भूभागलाई उतारेको होः प्रवक्ता रविशकुमार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ मंसिर २०७६
नेपालको सीमा नमिचिएको, भारतको सार्वभौम भूभागलाई उतारेको होः प्रवक्ता रविशकुमार

एजेन्सी । भारतले दुई साताअघि सार्वजनिक गरिएको नयाँ नक्सामा नेपालको सीमा नमिचिएको बताएको छ । भारतीय नापी विभागले निकालेको नयाँ नक्सामा नेपालको  कालापानी, लिम्यिाधुरा र लिपुलेक भारतीय नक्सामा गाभिए पछि नक्सा निकालेको एक हप्ता पछि प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र नेपालको भएको अभिव्यक्ति दिएका थिए ।

सोही अभिब्यक्तिको एक साता नबित्दै प्रतिक्रिया दिँदै  भारतका तर्फबाट विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले आफ्नो अडान दोहोर्‍याएका छन् ।

‘नयाँ नक्सालाई लिएर नेपालमा भइरहेको विरोधका सम्बन्धमा भारतको भनाइ यथावत् छ,’ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

२ नोभेम्बरमा सार्वजनिक गरिएको नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समावेश गरेको विषयलाई लिएर नेपालमा विरोध सुरु भएपछि प्रतिक्रियास्वरूप भारतले औपचारिक टिप्पणी गर्दै नक्सामा भारतको सार्वभौम भूभागलाई सही ढंगले चित्रण गरिएको र नेपालसँगको सीमामा परिवर्तन नगरिएको दाबी औपचारिक रूपमा गरेको थियो ।

काठमाडौंमा भारतसँग सीमासम्बन्धी विषयमा छलफल गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकका लागि औपचारिक पत्राचार सुरु भएको चर्चा भए पनि भारतले सीमा विवादका सम्बन्धमा छलफल गर्न नेपालका तर्फबाट औपचारिक पत्राचार नभएको समेत जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता कुमारले पत्राचारबारे अनभिज्ञता प्रकट गरे । उनले पत्राचारपछि औपचारिक प्रक्रिया सुरु हुने र दुवै पक्षको अनुकूलता हेरेर बैठकको मिति तय हुनेसमेत  बताए ।

प्रतिक्रिया दिनुहोस