aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

१८ औं अन्तराष्ट्रिय राफटिङ प्रतियोगिता भोटेकोसी नदीमा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ मंसिर २०७६
१८ औं  अन्तराष्ट्रिय राफटिङ प्रतियोगिता भोटेकोसी नदीमा हुँदै

काठमाडौं । नेपालमा साहसिक जलयात्रा पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल एसोसिएसन अफ राफटिङ एजेन्सीको आयोजनामा ‘१८ औं हिमालयन ह्वाइटवाटर च्यालेञ्ज–२०१९’ सञ्चालन गर्ने भएको छ । उक्त अन्तराष्ट्रिय राफटिङ प्रतियोगिता मंसिर १० देखि १२ गतेसम्म सिन्धुपाल्चोक स्थित भोटेकोसी नदीमा हुने भएको छ ।

नेपाल पर्यटन उद्योगका सबै खालको बिधा, गन्तब्य र उत्पादनहरूका बारेमा व्यापक रूपमा प्रचार प्रसार गरी पर्यटन आगमनमा उल्लेख अभिवृद्धि गराई राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याउने र नेपालको पर्यटन उद्योगको क्षेत्रमा नयाँ आयाम सृजना गर्ने उद्देश्य सहित नेपाल सरकारद्धारा घोषणा गरिएको राष्ट्रिय कार्यक्रम र नेपाल पर्यटन वर्ष २०२० को अभियानलाई समेत सफल बनाउन उक्त कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ । 

उक्त कार्यक्रममा स्वदेशी तथा विदेशी प्रतियोगिहरू गरी २०० जना तथा आमन्त्रित पाहुना र अन्य सहभागी १०० जना गरी करिब  ३०० जना सहभागी हुने कार्यक्रमका अध्यक्ष गंगा प्रसाद नेपालले बताए । 

यस कार्यक्रमको लागि साठ्ठी लाख पचास हजार रूपैयाँ बजेट लाग्ने आयोजक पक्षले अनुमान गरेको छ । नेपालमा गरिदै आएको राफटिङ  प्रतियोगिता मध्ये यो १८ औ प्रतियोगिता हो । 

सय खेल खेल्नको लागि अन्तराट्रिय प्रतियोगिले ५५ सय र राष्ट्रिय प्रतियोगीहरूले ३ हजार रूपैया बुझाउनु पर्ने छ । प्रतियोगिहरूलाई जुत्ता, टि–सट, सट र कपडा परिवर्तन गर्ने व्यवस्था सहित इन्स्योरेन्सको समेत व्यवस्था गरिएको छ । 

उक्त प्रतियोगितामा हालसम्म भारत, चीन, आयुसल्याण्ड, युएसे अष्ट्रेलिया लगायत १८ देशका ५० जना व्यक्तिले भाग लिने निश्चित भइसकेका छन् । 
कर्पोरेट टोलीमा ५ जनाको टिममा एक जना र्याफ्टिंग गाइड गर्ने व्यक्ति हुने छन् । भोटेकोसी नदीको छातेखोला देखि सुकुटेसम्म लगभग १० किलोमिटर नदिमा प्रतियोगिहरूले रेस गर्ने भएका छन् । 

उक्त कार्यक्रममा भाग लिई प्रथम हुने प्रतियोगिलाई रू ५० हजार द्धितिय हुनेलाई रू ३० हजार र तृतीय हुनेलाई रू २० हजार नगद पुरस्कार दिने आयोजक पक्षले जनाएको छ । 

विगत १८ वर्षदेखि फरक–फरक नदिमा र्याफ्टिंग गर्दै आएका प्रतियागिहरूले यो वर्ष राफटिङको लागि  विश्वको १० औं स्थानमा पर्ने भोटेकोसी नदिमा ¥याफ्टिङ गर्न लागेको हुन् ।  नेपालमा भोटेकोसी, सुनकोसी, कर्णली नदीहरू विश्वका उत्कृष्ट सहासिक जलयात्रा गर्ने नदीहरू अन्र्तगत पर्दछ । 


 

प्रतिक्रिया दिनुहोस