काठमाडौं । प्रदेश १ ले १ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने गरी जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ ।
यसका लागि केही आयोजनाको पहिचान भइसकेको मख्यमन्त्री शेरधन राईले जानकारी दिए। ऊर्जा सम्मेलनको दोस्रो दिन शुक्रबार बोल्दै सार्वजनिक-निजी साझेदारी (पीपीए) मोडलमा आयोजना निर्माणको लागि प्रदेशले लगानी सम्मेलनको तयारी गरेको पनि जानकारी दिए।
लगानी सम्मेलनको दोस्रो दिन 'ऊर्जा परियोजनाको सहजीकरण र नियमन : संघीयतामा ऊर्जा विकासको लाभ बाँडफाँटका चुनौती' विषयक सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा निर्माण हुने आयोजनाका लागि एकद्वार प्रणालीबाट सेवा दिने नीति अंगीकार गर्ने बताए ।
उनले तमोर र अरुणजस्ता नदीमा आकर्षक विद्युत् आयोजना पहिचान भएको भन्दै यी आयोजनालाई प्रवर्द्धन गर्न प्रदेश सरकारले उपयुक्त वातावरण निर्माण गर्ने जानकारी दिए । 'मेरै कार्यकालमा यी आयोजनाहरू पूरा गर्ने लक्ष्य छ,' उनले भने, 'त्यसैले एकदेखि तीन वर्षमा पुरा हुने आयोजनालाई प्राथमिकता दिएर अघि सारिएको छ । आयोजनाको निर्माण गर्दा जग्गा अधिग्रहणको विवाद हुने गरेको भन्दै उनले प्रदेश सरकारले सार्वजनिक जग्गाको खोजी गरिरहेको जानकारी दिए। याे समाचार अाजकाे कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस