aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

राजधानीको धुलोले लिन्छ बर्सेनि १० हजारको ज्यान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ मंसिर २०७६
राजधानीको धुलोले लिन्छ बर्सेनि १० हजारको ज्यान

काठमाडाैं । उपत्यकामा जाडो यामको सदावहार विशेषता हो–बढ्दो वायू प्रदूषण । यो समयमा जसरी तापक्रम विस्तारै घट्दै जान्छ त्यसको ठिक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लग्छन् ।

काठमाडौं उपत्यकामा विगत दुई बर्षदेखि विभिन्न स्थानमा जडान गरिएका सात वटा प्रदूषण मापन स्टेसनले हावाको गुणस्तरको सूचकांक मापन गर्दै आएका छन् ।

गत एक साताको तथ्यांकले उपत्यकाको वायू प्रदूषणको स्तर ‘अस्वस्थ्यकर’ रहेको देखाएको छ । सन् २०१९ मा प्रकाशित ग्लोबल एयर रिपोर्टले विश्वको कुल मृत्युदरमा प्रदूषण पाँचौं कारक रहेको देखाएको छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१६ को रिपोर्ट अनुसार प्रदूषण्का कारण काठमाडौं उपत्यकामा मात्रै बार्षिक झण्डै १० हजार मानिसको मृत्यु हुन्छ । यस्तै नेपालमा घरभित्र हुने र बाहिर हुने दुवैखाले प्रदूषणका कारण बर्सेनि ३७ हजार मानिसको देशभरीमा मृत्यु हुने गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस