aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मध्यम हिमपातको सम्भावना, तापक्रम ९ दशमलव ७ डिग्री

  • रासस
    रासस
  • शनिबार, ०७ मंसिर २०७६
मध्यम हिमपातको सम्भावना, तापक्रम ९ दशमलव ७ डिग्री

काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आगामी दिन देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । 

आइतबार देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई मध्य र पहाडी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

सोमबार देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई पूर्वी र मध्य पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियसे छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । 

प्रतिक्रिया दिनुहोस