एमेजन कम्पनीका संस्थापक जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति हुन्। सम्बन्धविच्छेद गर्दा उनले पत्नी मक्केन्जी बेजोसलाई झन्डै ३५ अर्ब अमेरिकी डलर दिने सहमति गरेका छन्।
यति सम्पत्ति हुँदा मक्केन्जी विश्वकी तेस्री धनी महिला बनेकी छन्। उनीहरूले विवाह गरेको एक वर्षपछि जेफले सन् १९९४ मा सियाटलमा सो कम्पनी खोलेका थिए। मक्केन्जी त्यहाँ काम गर्न थाल्ने पहिलामध्येकी एक कर्मचारी थिइन्। अब मक्केन्जी बेजोससँग एमेजन कम्पनीमा चार प्रतिशत हिस्सा हुनेछ।
https://twitter.com/mackenziebezos/status/1113851260040503296
धनी महिलाको सूचीमा लोरिआल ब्रान्डकी उत्तराधिकारी फ्राँस्वाज बेताँकूर मायर्स पहिलो स्थानमा छिन् भने दोस्रो स्थानमा वालमार्टको संस्थापककी छोरी एलिस वाल्टन छिन्।
संसारका सबैभन्दा धनी व्यक्ति अमेजनका मालिक जेफ बेजोस र उनकी पत्नी मक्केन्जीको सम्बन्धविच्छेदलाई अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ। सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ बिलियन अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको छ।
प्रतिक्रिया दिनुहोस