aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हनुमन्ते खोलाको १७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ बैशाख २०७६
हनुमन्ते खोलाको १७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

काठमाडौं । भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि-१६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ ।

भक्तपुर जिल्ला अदालतका तत्कालीन  न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँ बायाँको १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा ललितपुर, इमाडोलका ज्ञानबहादुर थापाका नाममा छुट दर्ता गरिदिन भूमिसुधार कार्यालय भक्तपुरलाई आदेश दिएका हुन् । नापीको नक्सा र मालपोतको स्रेस्तामा कित्ता नं। ४२४ को उक्त जग्गा ‘खोलो र सरकारी’ उल्लेख छ ।  कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस