aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

खैरो हिरोइनसहित दुई पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ मंसिर २०७६
खैरो हिरोइनसहित दुई पक्राउ


कैलाली । कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित दुई जनालाई शनिबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–२ मेनरोड नजिकैबाट भारतको उत्तर प्रदेश लखिमपुर, खिरी पलियाका अन्दाजी २४ वर्षीय विवेक गुप्ता र धनगढी–३ घर भई हाल कञ्चनपुर पुर्नवास नगरपालिका–११ बस्ने २९ वर्षीय दीप थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

विशेष सूचनाका आधारमा उनीहरुलाई जाँच गर्दा विवेक गुप्ताले लगाएको पाइन्ट पछाडिको बायाँ खल्तीमा लुकाइछिपाइ राखेको दुई ग्राम  ६८० मिलीग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस