काठमाडौं । गुजारा चलाउने रकमको जोहो गर्न कुवेत पुगेका २१ युवा यतिखेर कुनै गल्तीबिनैत्यहाँको जेलमा बस्न बाध्य छन्। आठ महिनाअघिकुवेतको जेलमा परेका उनीहरूको कहिले उद्धार हुन्छ अहिलेसम्म यकिन छैन।ग्लोबल राइजिङ प्लेसमेन्ट म्यानपावरमार्फत कुवेत गएका उनीहरू त्यहाँको रोजगारदाता टाट पल्टेपछि थुनामा परेका हुन्।
रोजगारदाता टाट पल्टेका कारण अवैध भएको पाइएपछि कुवेतको प्रहरीले पक्राउ गरी थुनामा राखेको पीडितले घरपरिवारलाई जानकारी गराएका छन्। अब थुनामुक्त हुन उनीहरूले करिब ५५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।
गुजारा चलाउने खोजी गर्दै वैदेशिक रोजगारीमा गएका ती युवाले ५५ लाख रुपैयाँ कुवेत सरकारलाई बुझाउनुपर्ने भएपछि परिवारका सदस्य त्यो रकम कसरी जुटाउने भन्ने समस्या छन्। कतिपयको पुख्र्यौली सम्पत्ति बेचेर पनि जरिवाना तिर्न नसक्ने भएपछि पीडितका आफन्तले उद्धारका लागि गरेका सबै प्रयास बिफल भइरहेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस