aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

महाबौद्ध गुम्बाको मूर्ति ताला फोडेर चोरी

  • रासस
    रासस
  • आइतबार, ०८ मंसिर २०७६
महाबौद्ध गुम्बाको मूर्ति ताला फोडेर चोरी

भरतपुर । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष विमला गुरुङले जानकारी दिए । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताए । 

गुम्बाको सेफ (दानपेटिका) तीन वर्षदेखि खोलिएको थिएन । उनले  दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताए । बिहान ४ः०० बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मुचुल्का उठाउनुका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस