aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जन्ती बस दुर्घटना, एकको मृत्यु, ४० घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ मंसिर २०७६
जन्ती बस दुर्घटना, एकको मृत्यु, ४० घाइते

धादिङ  । धादिङको बैरेनीमा जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० भन्द बढी घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारमा आइतबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस