aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विश्वका २१४ अर्थशास्त्रीले मोदीलाई यस्तो सलाह दिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ मंसिर २०७६
विश्वका २१४ अर्थशास्त्रीले मोदीलाई यस्तो सलाह दिए

एजेन्सी । नोबेल पुरस्कार विजेता एम्गस डीटोन, फ्रेन्च अर्थशास्त्री थामस पिकेट्टी र भारतको नीति आयोगका पूर्व सदस्य अभिजित सेन सहित विश्वका २१४ अर्थशास्त्रीले भारतको केन्द्र सरकारलाई राष्ट्रिय तथ्यांक कार्यालय ( एनएसओ)को सर्भे गर्न माग गरेका छन् । 

उक्त कार्यालयले गरेको सर्भेमो तथ्यांक बाहिरी आएपछि भारतको उपभोक्ता खपत ४५ वर्षभन्दा तल आएको आँकडा सार्वजनिक भएको थियो । केहि दिन पहिला विजनेस स्ट्याण्डर्ड अखबारमा अनुसार एनएसओको तथ्यांक आपूmले पाएको र उक्त तथ्यांकमा आर्थिक वर्ष २०१७-१८को उपभोक्ता खर्च १९७३ पछि सबैभन्दा कम देखिएको दावी गरेको थियो ।  

यी सबै आर्थशास्त्रीले एनएसओको ७५ औं उपभोक्ता व्यय सहित नेशनल सेप्पल सर्भे अर्गनाइजेशनले गरेको सर्भे तत्काल सार्वजनिक गर्न माग गरेका छन् । अर्थशा    स्त्रीले भारत सरकारले यो तथ्यांक सार्वजनिक नगरेर भारतको खराब अर्थब्याबस्था, गरिबी, असमानताको मापन यसको निगरानीका लागि खपत सर्भे महत्वपूर्ण दस्तावेज सार्वजनिक गरेर मोदी सरकारले आप्mै बदनाम भइरहेको आरोप लगाएका छन् । 

जानकारका अनुसार उपभोक्ता व्ययमा गिरावटबाट गरिबी घटिरहेको छ र अर्थब्यबस्थामा आएको कमीका कारण ग्रामीण अर्थतन्त्रले बजारको ठूलो भूमिका खेलिरहेको छ । यो सर्भेमा जुलाई २०१७ देखि २०१८को बीच आएको रिपोर्टले इन्दिरा गान्धीको साशनकालमा १९७३मा भएको गिरावट बराबर रहेको तथ्यांक सार्वजनिक भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस