
काठमाडाैं । नेपाल सरकारका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बासकोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवा नाकाबन्दीका बेला म्याउ पनि गर्न नसकेको तर अहिले ढाडे बिरालोको स्वर निकालेको बताएका छन् ।
आइतबार पोखरामा पत्रकारहरूसँगको कुराकानीमा बाँस्कोटाले भने, ‘नाकाबन्दीका बेला एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने अहिले ठूल्ठूलो ढाडे बनेर चुनाव आयो भन्दैमा कुर्लेर हुन्छ ?’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा ‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो’ भन्ने अभिव्यक्ति दिएपछि जवाफमा बाँस्कोटाले उक्त कुरा बाेलाेका हुन् । उनले थप्दै देशभक्ति, राष्ट्रियताका पक्षमा सरकारको बोली नलर्बरिनेसमेत बताए ।
भारतले देशको सिमा मिचेर नक्सा बनाएको सन्दर्भमा बसेको सर्बदलीय छलफलका क्रममा उनी सकारात्मक रहेको जनाउदै देउवाले त्यस्तो अभिव्यक्ति दिएको आफूलाई विश्वास नलागेको पनि उनले बताए । ‘प्रमुख प्रतिपक्षी दलजस्तो जिम्मेवार दलका नेताले त्यस्तो आरोप लगाउनुभयो भन्ने मलाई पटक्कै विश्वास छैन,’
उनले भने, ‘यदी आरोप नै लगाउनुभएको हो भने गम्भीर प्रश्न उठ्छ। टनकपुर सन्धि हामीले बिर्सेका छैनौं।’
प्रतिक्रिया दिनुहोस