
काठमाडौं । नेपालमा १८ प्रतिशत मानिसहरूको मृत्यु मुटुको कारणले हुने गरेको छ । गुरूग्राम भारतका मेदान्त अस्पतालका उपाध्यक्ष डा.रजनीश कपुरले ८० प्रतिशत जीवनशैली परिवर्तन र प्रविधिको प्रयोग गरेर रोक्न सकिने बताएका छन् ।
कपुरले हार्ट हेल्थ एभोकेसी अभियानको उद्घाटन कार्यक्रम सम्बोधनमा जानकारी दिएका हुन् । यस अभियानको उद्देश्य प्रशिक्षित मुटुरोग अधिव्यक्ता (मुटु रोग सम्बन्धि जानकार)हरूको माध्यमबाट नेपालमा मुटुरोगमा आउनसक्ने समस्या घटाउन सहयोग गर्ने बताएका हुन ।
डा. कपुरकाअनुसार स्वास्थ्य सुदृढीकरणको सार्वजनिक परिवर्तन ल्याउन गहन भूमिका खेल्ने बताए । उनले भने, ‘हाम्रो रणनीति स्वास्थ्यको जागरुकता ल्याउनु हो । मुटुरोग सम्बन्धी प्रशिक्षण दिने र आवश्यक पर्ने सहयोग गर्ने रहेको छ ।
उनले थप्दै भने ‘यस अभियानका माध्यमबाट नेपालमा भएका व्यक्तिहरूले मुटुरोगसम्बन्धी विभिन्न जानकारीहरू सजिलै प्राप्त गर्ने तथा स्वास्थ्यमा सबैको पहुँच पुग्नेछ । यो चिकित्सा र गैर चिकित्सा क्षेत्रका व्यक्तिहरूको सहयोगमा मुटु सुरक्षाको साझा उद्देश्यका साथ कार्यन्वयन गरिनेछ ।’
उनकाअनुसार नयाँ उपचार विकल्पहरूको जनचेतनाले बिरामीहरूलाई बचाउन र सुरक्षामा सहयोग गर्ने बताए । प्रायजसो सबै विरामीहरूको उपचार नयाँ प्रविधिको सहयोगले गर्ने उनले बताए । जसले बिरामीहरूलाई ओपन हर्ट सर्जरीको जोखिमबाट बचाउने उनको दावी छ ।
नयाँ डायगोनिस्टिक उपकरणहरू जस्तै एफएफआर को प्रयोगले स्टेन्टस् वास्तवमै चाहिने वा नचाहिने निर्णय गर्न सहयोग पुर्याउँदछ । नयाँ इमाजिङ टेक्नोलोजीको प्रयोगले धेरै विरामीको जीवन बचाउन सक्ने बताइएको छ ।
इन्टरभेन्टिनल कार्डियोलोजी का प्रख्यात डा. कपुरले भने निकट भविष्यमा हामी मुटु रोगको व्यवस्थापनमा सुपर स्पेसिलिटी काडिर्योजिस्ट भएमा हृदयघातबाट बचाउन रक्षा र रोकथापम गर्न हरसम्भव कदमहरु चाल्ने र सोही कार्यक्रमको सामना गरी रहेका जनसंख्यामा ४ सय प्रतिशत चेतना वृद्धि गराउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस