
जुम्ला । विद्युत सर्ट हुँदा जुम्ला चन्दननाथ नगरपालिका–६ को एक घरमा आगलागी भीषण आगलागी भएको छ। आइतबार दिउँसो ११ बजे गोविन्द भण्डारीको घरमा विद्युत सर्ट भई आगलागी भएको हो।
घरको माथिल्लो भागबाट सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरभित्र रहेका १०/१२ वटा सिलिन्डर पड्किएपछि थप आगो बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विमलकुमार राउतले जानकारी दिए।
प्रहरीका अनुसार दमकल, सशस्त्र प्रहरी, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। गोविन्दले अधिकांश घरका कोठा भाडामा दिएका थिए भने केही कोठामात्रै आफ्नो लागि प्रयोग गर्थे। मानवीय क्षति नभएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस