aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

स्वास्थ्य बीमा पोलिसी किन्ने महिला अधिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ मंसिर २०७६
स्वास्थ्य बीमा पोलिसी किन्ने महिला अधिक


एजेन्सी । भारतमा स्वास्थ्य बीमा गर्ने महिलाहरुको संख्या धेरै रहेको एक तथ्यांक सार्वजनिक भएको छ । एक सर्भेका अनुसार २०१६-१७मा स्वास्थ्य बीमा पोलिसी किन्नेहरुमा ९ प्रतिशतबाट २०१८-१९ मा यो संख्या १९ प्रतिशत पुगेको छ । 

बीमा क्षेत्रमा अनलाइन सेवा उपलब्ध गराइरहेको पोलिसी बजार डटकमका अनुसार सर्भेमा समावेश गरिएका १० जना महिलामध्ये ६ जना महिलाहरुले स्वास्थ्य बीमा गरेको देखिएको छ । उनीहरुले पाँच लाखभन्दा बढीको पोलिसी किन्ने गरेको पनि रिपोर्टमा उल्लेख गरिएको छ । 

स्वास्थ्य बीमा पोलिसी किन्ने महिलाको संख्या २०१७-१८मा भन्दा २०१८-१९ मा ५७ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ ।  यो पोलिसी खरिद गर्ने महिलाहरुमा पाँच लाखदेखि १० लाखसम्मको बीमा खरिद गर्ने महिलाहरुको संख्या ८० प्रतिशत र १० लाख रुपैयाँभन्दा बढीको पोलिसी किन्ने महिलाहरको संख्या ६१ प्रतिशत रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस