
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् । पछिल्लाे समय स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल गइरहेका छन् ।
नियमित स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली आइतबार दिउँसो ग्राण्डी गएको स्रोतले बतायो। अन्य समयमा भने प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुग्ने गरेका थिए ।
प्रधानमन्त्री ओलीले गत साता ग्राण्डीमा मिर्गौलाको डायालासिस गराएका थिए । गत कात्तिक १३ गते र १४ गते प्रधामन्त्री ओलीको उक्त अस्पतालमा नै दुई पटक डायलासिस गरेकाे थियाे थियो ।
प्रतिक्रिया दिनुहोस