aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मगन्तेरहित शहर बन्दै काठमाडाैं, मंसिर २९मा औपचारीक घोषण

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • सोमबार, ०९ मंसिर २०७६
मगन्तेरहित शहर बन्दै काठमाडाैं, मंसिर २९मा औपचारीक घोषण

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाटोमा माग्न बसेका भिखारीहरूको ब्यवस्थापन गर्ने भएको छ । महानगर भित्र विभिन्न अवस्थाका असाहय र असक्त मानिसहरू बाटो–बाटोमा बस्दै आएका हुनाले त्यस्ता व्यक्तिलाई महानगरले व्यवस्थित गर्न लागेको हो । 

बाटोमा  कचौरा थाप्ने, कसैले आफुले लगाएको कपडा नै थाप्ने, मेरो घर जल्यो मलाई सहयोग गर्नुस भनेर बस्ने र बाटोमा दृष्टिबिहीनले गित गाएर बस्ने, जस्ता कयौ मानिसहरू देख्न सकिन्छ । त्यस्ता व्यक्तिहरूलाई महानगरले उपयुक्त स्थानमा व्यवस्थित गर्ने भएको छ । 

महानगरपालिकाले त्यस्ता वेवारिसे, असाहय, मानिसहरूलाई मानव सेवा आश्रममा लगेर राख्ने भएको छ । हालसम्म ६ सय २५ जनालाई उपयुक्त स्थानमा व्यवस्थित गरिसकेको महानगरले जनाएको छ । 

यस कार्यक्रमको मंसिर २९ गते औपचारीक घोषण गरी अभियान नै चलाउने काठमाडौं महानगरपालिका शहरी सुव्यस्थापनका प्रमुख हरीबहादुर कुँवरले जानकारी दिए । 

माग्न बसेका सबै मानिसहरु एकै प्रकारको नभएको भिन्न–भिन्न पृष्ठभूमीबाट अएको हुनाले बर्गीकृत गरि ब्यबस्थापन गरिने कुँबरले बताए । उनले भने ‘बाटोमा माग्न बस्ने सबै मानिसहरू साहारा नभएर खान नपाएर बसेका होइनन् । कतिपय मानिहरू आफ्नो घर परिवार भइकन पनि माग्नलाई आएका हुन्छन् । दिउँस भरी बाटोमा मागेर बस्ने र बेलुका आफ्नो घरमा गएर बस्ने मानिसहरू पनि त्यतिकै भेट्न सकिन्छ बजारमा ।’ 

महानगरले बाटोबाट उठाएर आश्रममा लगेर राख्ने र काउन्सिलिङ गरेर परिवार भएका मानिसहरूलाई परिवार सँग जिम्मा लगाउने र परिवार नभएका मानिसहरूलाई आश्रममा नै राखि खाने बस्ने देखि औषधि उपचार खर्च सम्मको व्यवस्था गर्ने कुँवरले बताए । 

यदि महानगरले परिवारलाई जिम्मा लगाइ सकेका व्यक्तिहरू पुन बाटोमा भिखारी बनेको देखिएमा त्यस्ता परिवारलाई कारबाही हुने महानगरले जनाएको छ । 

यदि बजेटको अभाव भयो भने विकल्प खोजेर भए पनि महानगरले उक्त काम निरन्तर गर्ने भएको छ । बाटोमा बेवारिसे भएका भारतीय नागरिकलाई पनि महानगरले व्यवस्थित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस