
एजेन्सी ।भारतको डिजिटल पेमन्ट प्रणाली सञ्चालन गर्दै आएको पेटीएमलाई १ अर्ब डलरको नयाँ लगानी आएको छ । अमेरिकको एसेन्सम्यानेजमेन्ट कम्पनी टीरो प्राइसले उक्त लगानी गर्न लागेको हो ।
भारतीय स्टार्टअफले विदेशी लगानी भित्र्याएको यो नै सबैभन्दा ठूलो रकम भएको दावी गरिएको छ । यसमा टी रो प्राइस, डिस्कभारी र डी १ क्यापिटलले करिब ४० करोड डलर, सफ्ट बैंकले २० करोड डलर र आन्ट फाइन्यासियलले ४० करोड डलर लगानी गर्ने छन् ।
पेटीएमले यो लगानीलाई अनलाइन र अफलाइन दुबै क्षेत्रको कारोबारमा लगानी गर्ने योजना बनाएको छ । कम्पनीका संस्थापक विजय शेखर शर्माले अग्रेजी पत्रिका द टाइम्स अफ इण्डियालाई दिएको जानकारी अनुसार पेटिएमले अब नयाँ जमानाको बैंकिङ र बीमाको कारोबारलाई प्रविधिमैत्री बनाउने बताएका छन् ।
अहिले पेटिएममा १.५ करोड मर्चेन्ट समावेश भएका छन् । यो योजनामा थप २ करोड नयाँ कारोबारी थपिन्छन् ।संञ्चालक शर्माका अनुसार तीन वर्षमा १०,०००करोड भारु लगानी गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस