रसुवा । गोसाईकुंण्ड गाउँपालिका-२ रसुवागढीस्थित नेपाल(चीन सिमानाबाट सुन जस्तो देखिने पहेंलो धातु ७ सय ४२ ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गोसाईकुंण्ड गाउँपालिका-१ थुमन बस्ने ४१ वर्षीया छो माया तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीया म माया तामाङ रहेका छन् । सिमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा ६ वटा टुक्रामा रहेको उक्त परिमाणको धातु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस