aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अर्घाखाँची सिमेन्टकाे ‘धन वर्षा’ योजना शुरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ मंसिर २०७६
अर्घाखाँची सिमेन्टकाे ‘धन वर्षा’ योजना शुरू

काठमाडाैं । अर्घाखाँची सिमेन्ट प्रालीले स्थापनाको पाँचौ वर्ष पुगेको अवसरमा आफ्नो उपभोक्ताको लागि ‘धन वर्षा’ योजना सार्वजनिक गरेको छ।

आइतबारदेखि दुई महिना (माघ ८) सम्म लागू हुने यस योजनाअन्तर्गत उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रयाच कुपन पाउँनेछन् ।

कम्पनीकाअनुसार यस कुपनलाई स्क्रयाच गरी १०० देखि ५०० रुपैयाँ, १ हजार रुपैयाँ, १० हजार रुपैयाँ, २५ हजार रुपैयाँ ५० हजार रुपैयाँ १ लाखसम्मको सुयोर सट नगद उपहार पाउने भएका छन्। यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्नेछ।

‘नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडौं उपहार’ नारा दिइएको देशैभरी लागू हुने यस योजनाअन्तर्गत विजेताले डिलर वा हार्डवयेरमार्फत सिमेन्ट खरिद गर्दाकै समयमा सुयोर सट नगद उपहार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस