aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

हस्तकला व्यापार मेला र प्रतियोगिता बिहीबारदेखि तयारी अन्तिम चरणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ मंसिर २०७६
हस्तकला व्यापार मेला र प्रतियोगिता बिहीबारदेखि तयारी अन्तिम चरणमा

काठमाडौं । १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता आगामी मंसिर १२ (बिहीबार)देखि १६ गतेसम्म हुने भएको छ ।
उद्योग वाणिज्य तथा आपर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नविल बैंक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्यमहासंघ लगायतको संयोजन तथा नेपाल हस्तकला महासंको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको हो ।

महासंघले सोमबार पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको बताए । 

१५ औं हस्तकला प्रतियोगीतामा हस्त कला क्षेत्रमा संलग्न कलाकार र कालिगढहरुको प्रतिभा पहिचान, मुल्याकंन एवं नयाँ पुस्तालाई समेत हस्तकला क्षेत्र प्रति आर्कषित गरी गराउने उद्देश्य रहेको छ । सो कार्यक्रममा प्रथमलाई ५० हजार रुपैयाँ, द्धितियलाई ३० हजार रुपैयाँ, तृतियलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था समेत रहेको छ । परम्परागत विधामा १५ जना कालिगढ सहभागी रहने र समसामयिक विधामा १८ जना कलाकार सहभागि रहने भएका छन् । 

मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्न, नेपाली उद्यमीलाई कम खर्चमा अन्तराष्ट्रियस्तरको व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासंका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए  । उक्त मेलामा १ करोड बजेट खर्च हुने अनुमान गरेको शाक्यले बताए । 

मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहनेछन् । मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागीता रहनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् । 

नेपालको हस्तकला हाल विश्वका अधिकाशं मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन ।

प्रतिक्रिया दिनुहोस